७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’



अ+ अ-

लुम्बिनी । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज)आठौँ महाधिवेशन उद्घाटन सत्रमा उहाँले मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्तिविकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लम्सालले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानीका लागि सरकारलाई आग्रह गर्नुभयो । “मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान बिर्सनु हुँदैन । पत्रकारहरूको वृत्तिविकासका लागि आवश्यक काम र साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष लम्सालले पत्रकारको आवाज दबाउन खोज्ने कुनै पनि सत्ता र शासन व्यवस्था नटिक्ने भन्दै समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य नहुने स्पष्ट पार्नुभयो । रासस