१२ श्रावण २०८३, मंगलवार
,
Latest
पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’



अ+ अ-

लुम्बिनी । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज)आठौँ महाधिवेशन उद्घाटन सत्रमा उहाँले मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्तिविकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लम्सालले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानीका लागि सरकारलाई आग्रह गर्नुभयो । “मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान बिर्सनु हुँदैन । पत्रकारहरूको वृत्तिविकासका लागि आवश्यक काम र साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष लम्सालले पत्रकारको आवाज दबाउन खोज्ने कुनै पनि सत्ता र शासन व्यवस्था नटिक्ने भन्दै समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य नहुने स्पष्ट पार्नुभयो । रासस