२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रसिद्ध बिस्का : जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काईंदै



अ+ अ-

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्का: अर्थात् बिस्केट जात्राको भैरवको रथ वंशगोपाल पुर्‍याइएको छ ।

बिहीबार अपराह्न करिब ४:०० बजे तौमढीमा विधिवत सबै पूजा गरेर तान्न सुरू भएको भैरवको रथलाई तलतर्फ गहिटी, नासमना, वंशगोपाललगायत क्षेत्रमा पुर्‍याएर अड्किएपछि पुन: स्थानीयले रथलाई तानेर राति ११:०० बजे फर्काएर वंशगोपाल ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो १:०० बजेसम्म गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेर त्यसपछि अन्य समुदायको पूजा सकेर भैरवको रथ तान्न सुरू गरिएको थियो । तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरूप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरू भएको थियो ।

रथलाई गए राति ११ बजेसम्म तल्लो र माथिल्लो क्षेत्रका सरोकारवाला निकायले तानिरहेको थिए । जात्रा शान्तिपूर्ण रूपमा चलेको प्रहरी परिसर प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । जात्रा चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५:०० बजे लिङ्गो उठाउने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५:०० बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५:०० बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।

उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो । जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उहाँले बताउनुभयो । रासस