२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठ नगरपालिकासँग कर्णालीका चार पालिकाको शैक्षिक समझदारीमा सम्झौता



अ+ अ-

सुर्खेत।  काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले कर्णालीका दुई जिल्लाका चार पालिकासँग शैक्षिक समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

जाजरकोटको कुशे गाउँपालिका र ठूलीभेरी नगरपालिका तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा शैक्षिक समझदारीपत्रमा हस्ताक्षर भएको बूढानीलकण्ठका शिक्षा महाशाखाका प्रमुख उपसचिव ललितविक्रम सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार डोल्पाका दुई स्थानीय तह र आज जाजरकोटका दुई स्थानीय तहसँग शैक्षिक क्षेत्रको सुधार तथा विकासका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाका तर्फबाट प्रमुख जनचन्द्र रोकाय, शे–फोक्सुण्डो गाउँपालिकाका तर्फबाट अध्यक्ष धावासम्दुक गुरुङ र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । जाजरकोटको भेरी नगरपालिकाका तर्फबाट उपप्रमुख सीता जैसी, कुशे गाउँपालिकाका तर्फबाट देवीका सिंहले हस्ताक्षर गर्नुभएको थियो । बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगरप्रमुख अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गनुभएको छ ।

दुई जिल्लाका चार स्थानीय तहको शैक्षिक क्षेत्रको विकास तथा एकअर्का पालिकामा भएका असल अभ्यासलाई अनुशरण गर्नेगरी प्रमुखहरूबीच समझदारी भएका सिंहले जानकारी दिनुभयो । यस प्रकारको समझदारीले दुर्गमका पालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस