९ श्रावण २०८३, शनिबार
,
Latest
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि झापामा ट्राफिक कारबाही घट्दा राजस्वमा कमी एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: रियलमाथी आर्सनल हाबी



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

क्वाटरफाइनलको पहिलो लेगमा ईंग्लिश क्लब आर्सनलले स्पेनी क्लब रियल मड्रीडलाई ३-० गोलले हराएको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन डेक्लान राइसले दुई तथा मिकेल मेरिनोले एक गोल गरे ।

राइसले खेलको ५८ औं र ७० औं मिनेटमा गोल गरेका हुन् । उनले दुबै गोल फ्रीकिकमा गरे ।

यस्तै ७५ औं मिनेटमा मेरिनोले गोल थपेपछि आर्सनल ३-० ले विजयी बन्यो । अब दोस्रो लेग अप्रिल १७ मा रियलको घरेलु मैदानमा हुनेछ ।