१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
फाइल फोटो
अ अ+ अ-

नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा ५३ प्रतिशत बढी राजस्व सङ्कलन भएको मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिमबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु ३३ लाख १४ हजार ४००  राजस्व सङ्कलन भएकामा गत आवमा रु १७ लाख ७४ हजार २४२ वृद्धि भई रु ५० लाख ८८ हजार ६४२ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो ५३ दशमलव ५३ प्रतिशत बढी हो ।

लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन तथा बिक्री भएकाले राजस्वमा पनि वृद्धि भएको अधिकृत थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार गत आवमा ह्याचलिङ भुरा दुई करोड, फ्राई १५ लाख र फिङ्गरलिङ १२ लाख गरी कूल दुई करोड २७ लाख भुरा उत्पादन गर्ने लक्ष्य राखिएको थियो । केन्द्रले लक्ष्यभन्दा बढी ह्याचलिङ दुई करोड ५९ लाख, फ्राई ६३ लाख ८१ हजार ५८० र फिङ्गरलिङ २६ लाख २४ हजार ६७२ उत्पादन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा केन्द्रले ह्याचलिङ दुई करोड १८ लाख, फ्राई ३३ लाख १५ हजार २० र फिङ्गरलिङ भुरा २१ लाख २२ हजार ५२० उत्पादन गरेको थियो । “सीमित साधनस्रोतका बाबजुद पनि माछाका भुरा उत्पादनमा उल्लेख्य प्रगति भएको छ”, अधिकृत थापाले भन्नुभयो ।

वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी उत्पादन गर्दै आइएका जानकारी दिँदै उहाँले गत आवमा नयाँ प्रविधिको प्रयोग गरिएकाले अघिल्ला वर्षको तुलनामा उत्पादन बढेको बताउनुभयो । “हामीले उत्पादन बढाउँदै लगे पनि माग उत्पादनभन्दा बढी छ । दक्ष प्राविधिक जनशक्तिका कारण क्षमताभन्दा बढी उत्पादन गर्न सफल भएका छौँ”, थापाले भन्नुभयो ।

केन्द्रको कूल तीन दशमलव ५९ हेक्टर जमिनमध्ये एक दशमलव ८५ हेक्टर जलाशय क्षेत्र रहेको छ । सो क्षेत्रमा भुरा उत्पादनका लागि साना–ठूला गरी २३ वटा पोखरी निर्माण गरिएका छन् । तीमध्ये चार रेयरिङ (हेरचाह) पोखरी, १२ नर्सरी पोखरी, छ माउ पोखरी र एउटा खाने माछा पोखरी छन् ।

उत्पादन गरिएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आइएको मत्स्य विकास केन्द्रले जनाएको छ । रासस