१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

झापामा ट्राफिक कारबाही घट्दा राजस्वमा कमी

झापामा ट्राफिक कारबाही घट्दा राजस्वमा कमी
फाइल फोटो
अ अ+ अ-

झापा। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/०८३ मा सवारीसाधन कारबाहीबाट रु दुई करोड ४३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा रु तीन करोड ९५ लाख ५५ हजार ५६० राजस्व सङ्कलन भएको थियो ।

यस आधारमा चालु वर्षको राजस्व अघिल्लो वर्षको तुलनामा रु एक करोड ५१ लाख ८१ हजार अर्थात् करिब ३८ दशमलव ४ प्रतिशतले घटेको देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष राईका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम उल्लङ्घन गरेका २४ हजार ६८० सवारीसाधनलाई कारबाही गरिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने ५२ हजार ८७५ सवारी चालक कारबाहीमा परेका थिए । कारबाहीको सङ्ख्या घटेसँगै राजस्व सङ्कलनमा पनि उल्लेख्य कमी आएको हो ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर एक हजार ५११ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ७७ जनाको मृत्यु, १११ जना गम्भीर घाइते तथा दुई हजार ४६४ जना सामान्य घाइते भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका थिए । त्यस अवधिमा १३९ जना गम्भीर र एक हजार ९३४ जना सामान्य घाइते भएका थिए ।

तथ्याङ्कले चालु वर्षमा ट्राफिक कारबाही र राजस्व सङ्कलन घटे पनि दुर्घटनाको सङ्ख्या बढेको देखाएको छ । यद्यपि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९५ बाट ७७ मा झरेको छ । यसले निर्माणाधिन काँकडभिट्टा–लौकही सडक खण्डमा दुर्घटनाको जोखिम अझै उच्च रहे पनि मृत्युदर केही घटेको संकेत गरेको छ । रासस