९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

आन्दोलनको घेराबन्दीमा ओली सरकार, वार्ता र संवाद ठप्प

आन्दोलनको घेराबन्दीमा ओली सरकार, वार्ता र संवाद ठप्प
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले आन्दोलनको घेराबन्दीमा परेको छ । शिक्षक, चिकित्सक, सहकारीपीडित, लघुवित्तपीडित, मिटरब्याजपीडितदेखि विभिन्न राजनीतिक दलहरुले सडक केन्द्रीत आन्दोलन गरेर ओली सरकारमाथि दबाब बढाइरहेका छन् । तर सरकारले कुनै पनि समूहसँग वार्ता र संवाद गरेर आन्दोलन मन्थर पार्न सकेको छैन ।

विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरु एक सातादेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् । शिक्षकहरुले शैक्षिक हड्तालसमेत घोषणा गरेका छन् । शिक्षकको आन्दोलनका कारण विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन रोकिएको छ । एसईईको उत्तरपुस्तिकासमेत शिक्षकहरुले परीक्षण गरेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा शिक्षकहरु आन्दोलनमा उत्रिएपछि विद्यार्थीको भर्ना अभियानसमेत प्रभावित हुने जोखिम बढेको छ । विद्यालय शिक्षासम्बन्धी कानुन जारी नगरेसम्म शिक्षकहरुले आन्दोलनबाट पछि नहट्ने अडान राखिएका छन् ।

शिक्षकहरु मात्र होइन, आवासीय चिकित्सकहरुसमेत समान सेवासुविधाको माग गर्दै सडक संघर्षमा छन् । अस्पतालहरुमा उपचार सेवा प्रभावित हुन थालेको छ । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले आक्रोस व्यक्त गरिरहेका छन् ।

सहकारीपीडित, लघुवित्तपीडित, बैंकपीडितदेखि मिटरब्याजपीडितसम्मले सडक आन्दोलन तताइरहेका छन् । सहकारीपीडितले दुई वर्षअघिदेखि आन्दोलन जारी राखेका छन् । सरकारसँग भएका विगतका सहमति कार्यान्वयन नभएको गुनासो उनीहरुको छ । आफूहरुको बचत फिर्ता गरिदिन उनीहरुले सरकारसँग हात्र होइन, राजनीतिक दलका शीर्ष नेताहरुसँग हारगुहार गरिरहेका छन् । सरकारले मागको सुनुवाइ गरेको छैन न त विगतका प्रतिबद्धता पूरा गर्न नै कुनै चासो दिएको छ ।

राजनीतिक दलहरु पनि आ–आफ्नै किसिमको आन्दोलनमा छन् । राजावादी समूहले राजतन्त्र फर्काउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा तीनकुनेमा हिंसा नै भएको थियो । सरकारले आन्दोलन दबाउन बल प्रयोग गरेको आरोप खेप्दै आएको छ । घटनाबारे अहिलेसम्म सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गर्न सकेको छैन । सरकारले आफ्नै संयन्त्रमार्फत् छानबिन गरिरहेको दाबी गरेको छ । तर न्यायिक समितिमार्फत् छानबिन गर्नुपर्ने माग विपक्षीको मात्र होइन सत्तापक्षकै सांसदहरुको माग छ ।

 

संघीय संसद्को पाँचौं ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी पनि संवैधानिक राजसंस्था र हिन्दूराज्यसहितको बहुदलीय प्रजातन्त्र हुनुपर्ने माग गर्दै सडक आन्दोलनमा छन् । उसले चरणबद्ध आन्दोलन गरिरहेको छ ।

विपक्षी नेकपा माओवादी केन्द्र राजावादीहरुको विरोध गर्दै सडक प्रदर्शनमै छ । गणतान्त्रिक व्यवस्थाप्रति जनआस्था बढाउन उनले अभियान घोषणा गरेको छ । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले गरेका कामको विरोध गर्दै माओवादी देश दौडाहा छ । उसले कांग्रेस–एमाले नेतृत्वको सरकारको भण्डाफोर गरिरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, सुशासन कायम गर्न नसकेको र सत्ताको नेतृत्व नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप माओवादी केन्द्रको छ । अहिले राजावादीहरु सक्रिय हुनेको पछाडि सरकारको गलत रवैया प्रमुख कारण रहेको उसको भनाइ छ ।

माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चा पनि आन्दोलनकै चरणमा छ । उसले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दै आएको छ । नेकपा एकीकृत समाजवादी पनि राजावादीहरुले चैत १५ गते आफ्नो पार्टी कार्यालय तोडफोड गरेको भन्दै आन्दोलनको मोर्चामा होमिएको छ ।

राष्ट्रिय जनमोर्चा पनि सडक आन्दोलनमा छ । उसले गणतन्त्रको संरक्षण गर्दै संघीयता खारेजीको मागसहित आन्दोलन घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाले अहिले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेको छ ।

सडक आन्दोलन गर्नेहरु यतिमा मात्र सीमित छैनन् । कसैले सरकारबाट न्याय नपाएको त कोही सुरक्षाकर्मीबाट दुव्र्यवहार भएको भन्दै सरकारविरुद्ध नै आन्दोलनमा छन् । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नुपर्ने मागसहित सडकमै पुग्नेहरु पनि छन् । अहिले संघीय राजधानीमा मात्र विभिन्न समूहका १० वटाभन्दा बढी प्रदर्शन हुने गरेका छन् ।

यसरी चौतर्फी आन्दोलनको घेरामा परेको सरकार भने कानमा तेल हाले झैं गरेर बसेको छ । उसले कुनै पनि समूहसँग अहिलेसम्म वार्ता गर्न सकेको छैन । वार्ताबाट समस्या समाधान गर्न अग्रसर हुनुपर्ने सरकारले सुनेको नसुनै र देखेको नदेखैं गरेको छ ।

राजनीतिक स्थायित्व कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने संकल्पसहित गत असारमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली अलमलमा परेका छन् । उनले कुनै पनि काम प्रभावकारी रुपमा गर्न सकेका छैनन् । बरु विवादै विवादमा फसेका छन् । सत्तापक्षीय सांसदहरुले नै ओलीको कार्यशैलीका विरोध गर्न थालेका छन् । तर उनी आन्दोलनरत समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्ने पक्षमा देखिएका छैनन् । यसले गर्दा पनि सरकार थप अप्ठ्यारोमा पर्ने संकेत देखिँदै गएको छ ।