२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

सिंहदरबारभित्रै राप्रपाले कसरी सरकारलाई छक्यायो ?

सिंहदरबारभित्रै राप्रपाले कसरी सरकारलाई छक्यायो ?
अ अ+ अ-

काठमाडौं । संवैधानिक राजसंस्था स्थापनाको माग गर्र्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिंहदरबारभित्रै सरकारलाई नराम्रोसँग छक्याइदिएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै राजतन्त्र पक्षमा नारा लगाएर राप्रपाले चकित बनाइदिएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघिदेखि नै राजसंस्था पुनस्र्थापनाका लागि निषेधित क्षेत्रमा प्रदर्शन गर्ने चेतावनी दिएका थिए । बिहीबार बसेको कार्यसम्पादन समिति बैठकपछि उनले सरकारले नागरिक अधिकारलाई संकुचित बनाएको निष्कर्षसहित त्यसको विरोध स्वरुपसमेत निषेधित क्षेत्र तोड्ने जिकिर गरेका थिए ।

राप्रपाले बिजुलीबजारमा गएर शान्तिपूर्ण सभा गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको थियो । तर राप्रपाका अध्यक्ष लिङ्देनको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएर सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

त्यति मात्र नभएर गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने प्रयास भएर कारबाही गर्ने चेतावनी दिएको थियो । गृह मन्त्रालयले अनधिकृत गतिविधि गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो ।

खासमा १५ चैतमा भएको तिनकुने हिंसात्मक प्रदर्शन र नेताहरुको गिरफ्तारीपछि पातलिएको आन्दोलनलाई राप्रपा नेताहरु फेरि लयमा फर्काउन चाहन्थे । त्यसका लागि निषेधित क्षेत्रमै पुगेर सांकेतिक प्रदर्शन गर्ने राप्रपा तयारी थियो ।

तर अध्यक्ष लिङ्देनको पूर्वअभिव्यक्ति पछि प्रहरीले बानेश्वर–बिजुलीबजार–माइतीघर क्षेत्रमा उच्च सुरक्षा सतर्कता कायम गर्‍यो । यो क्षेत्रमा दुई साताभन्दा बढी समयदेखि प्रदर्शनरत शिक्षकहरुलाई आइतबार ११ बजेभित्रै प्रदर्शनसक्न भनियो । बिहानैदेखि बाक्लो प्रहरी परिचालन गरियो ।

यद्यपि प्रहरीको पूर्वतयारीबारे भेउ पाएका राप्रपा नेताहरुले सुकेधारास्थित पार्टी कार्यालयमा बिहानै छलफल गरेर आन्दोलनको नयाँ रणनीति बनाए । बैठकले अध्यक्ष लिङ्देनसहित राप्रपा शीर्ष नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाने निर्णय गर्‍यो । त्यहाँबाट निस्किँदा सिंहदरबारभित्रै प्रदर्शन गरेर गिरफ्तारी दिने टुंगो लाग्यो । यसो गर्दा अझ बलियो सन्देश जाने नेताहरुको निष्कर्ष थियो ।

संसदीय दलको कार्यालयभित्र शीर्ष नेताहरु रहँदा प्रहरीले निगरानी गरिरहेको थियो, यद्यपि प्रमुख प्रशासनिक केन्द्रभित्रै नाराबाजी होला भन्ने सुरक्षाकर्मीले सोचेका थिएनन् । सांसद् ज्ञानेन्द्र शाहीले त्यसबेला आफूहरुलाई संसदीय दलको कार्यालयबाट निस्किनै नदिएको भन्दै टिप्पणी गरिरहेका थिए ।

त्यसको केही बेरमा सञ्चारकर्मीहरुका साथ निस्किएका लिङ्देन, शाही, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ लगायतले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरे । सरकारको आलोचना गरिएको पर्चा देखाएपछि प्रहरी अधिकृतहरु आएर उनीहरुको हातबाट खोसे ।

सिंहदरबार गेट नजिकै पुग्ने वित्तिकै लिङ्देन, शाही, तामाङसहित अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपा युवा मोर्चा अध्यक्ष कैलाश कटवाल निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परे ।

यसरी राप्रपाले सरकारलाई जिल्याउँदै विरोध प्रदर्शन मात्र गरेन, सिंहदरबारजस्ता संवेदनशील ठाउँमै नाराबाजी गरेर आफ्नो पूर्वघोषित कार्यक्रम पूरा गरेको छ ।

आइतबारको प्रदर्शनपछि राप्रपा निकै उत्साहित भएको छ । राप्रपाका नेतासमेत रहेका सांसद ज्ञानेन्द्रबहादुर शाहीले साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै सिंहदरबारभित्रै प्रदर्शन गरेर सरकारको मुटुमा ढ्यांग्रो बजाइएको दाबी गरेका छन् ।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन्–
आज राप्रपाको शक्ति प्रदर्शन होइन हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आज आमन्त्रितसम्म गरेका थिएनौं। आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने भ्रष्टाचारीहरूको अखडा सिंहदरबार भित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँ।

यो त सुरुवात मात्रै हो।देशलाई कंगाल बनाउने यो भ्रष्टाचारीतन्त्रको अन्त्य नगरी देशमा सुशासन र समृद्धि हुन सक्दैन। अवस्था सुधार्नका लागि व्यवस्था सुधारन आवश्यक छ। नीति र नियम जनमुखी भएनन् भने व्यक्तिले मात्रै समाज परिवर्तन गर्न सक्दैन ।