१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा दुर्घटनामा निधन भएका सबैको सनाखत, घाइतेलाई काठमाडौं ल्याइँदै



अ+ अ-

काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौं ल्याइँदै छ । ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो । त्यसका लागि काठमाडौंबाट हेलिकप्टर ताप्लेजुङका लागि प्रस्थान गरिसकेको छ ।

प्रहरीका अनुसार सबिना र उनका छोरा खतराभन्दा बाहिर छन् ।