११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.64

Wind: 1.03

Humidity: 38

तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनाः एनी कुँवर पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले आज पक्राउ गरेको हो ।

कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा आगजनी भएको घरको भर्‍याङबाट एनी ओर्लिरहेको देखिएको थियो । सोही घरमा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो । कतिपयले घटनामा एनीको संलग्नता हुन सक्ने आशंका गरिरहेका छन् ।

एनीले भने आफूले त्यसबेला सुरेशलाई नदेखेको दाबी गरेकी थिइन् ।