२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः गुजरातको लगातार तेस्रो जित, हैदरावादको लगातार चौंथो हार



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ अन्तर्गत १९ औं खेलमा सनराइजर्स हैदरावाद टाइटन्ससँग पराजित भएको छ ।

पाहुना टोलीलाई सात विकेटले पराजित गर्दै गुजरातले जारी सिजनको लगातार तेस्रो जित निकाल्यो । आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

जवाफमा गुजरातले १६.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । हैदरावादको यो सिजनको चौथो हार हो । यसअघि केकेआर (८० रन), दिल्ली क्यापिटल्स (सात विकेट) र लखनउ सुपर जाइन्ट्स (पाँच विकेट) सँग टोलि पराजित भएको थियो ।

लक्ष्य पछ्याउने क्रममा गुजरातको सुरुआत खराब रह्यो । मोहम्मद शामीले तेस्रो ओभरमा साई सुदर्शनलाई आफ्नो शिकार बनाए । उनले नौ बलमा पाँच रन मात्रै बनाउन सके । त्यसपछि प्याट कमिन्सले जोस बटलरलाई क्लासेनको हातमा क्याच आउट गराए । उनले खाता पनि खोल्न सकेनन् ।

१६ रनको स्कोरमा दुई विकेट गुमाएको गुजरातलाई ठूलो साझेदारीको आवश्यकता थियो । उसको यो आवश्यकता चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान गिल र वाशिङ्टन सुन्दरले पूरा गरे । यी दुईबीचको सबैभन्दा ठूलो साझेदारी ९० रनको थियो ।

आफ्नो डेब्यु खेलमा सुन्दरले २९ बलमा ४९ रनको बलियो इनिङ खेले । तर, उनले आफ्नो अर्धशतक पूरा गर्न सकेनन् । शुभमन गिल र शेरफान रदरफोर्डले क्रमशः ६१ र ३५ रन बनाएर अविजित रहे ।

हैदरावादका लागि मोहम्मद सामीले २ तथा प्याट कमिन्सले एक विकेट लिए ।

डेथ ओभरमा प्याट कमिन्सको तूफानी इनिङ्सको मद्दतले सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई १ सय ५३ रनको लक्ष्य दिएको थियो । यो खेलमा हैदरावादको सुरुवात खराब रह्यो । ट्राभिस हेड (८) र अभिषेक शर्मा (१८) को ओपनिङ जोडीलाई मोहम्मद सिराजले प्याभिलियन पठाए ।

यसपछि प्रसिद्ध कृष्णले इशान किशनलाई आउट गरे । उनले १७ रन मात्रै बनाउन सके । हैदराबादका लागि नितिश रेड्डीले ३१, हेनरिक क्लासेनले २७, अनिकेत वर्माले १८ र कामिन्दु मेन्डिसले एक रन बनाए ।

प्याट कमिन्स र मोहम्मद सामीले क्रमशः २२ र ६ रन बनाएर अविजित रहे । गुजरातका लागि मोहम्मद सिराजले ४ विकेट लिए भने प्रसिद्ध कृष्ण र साई किशोरले २–२ विकेट लिए ।

लगातार तेस्रो जितसँगै शुभमन गिलको कप्तानीमा रहेको टोली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसको साथमा ६ अंक छ र नेट रन रेटमा पनि सुधार आएको छ ।

योसँगै प्याट कमिन्सको नेतृत्वमा रहेको हैदरावाद १० औं स्थानमा छ । उसको नेट रन रेट १.६२९ छ । ६ अंक र १.२५७ नेट रन रेटसहित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।

आजको खेलः मुम्बई इन्डियन्स भर्सेस रोयल च्यालेन्जर्स बैंगलोर




भर्खरै