१२ श्रावण २०८३, मंगलवार
,
Latest
पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट-फलाँटे-कोलाँती-पोखरीचौरी-गुराँसे खण्डअन्तर्गत दोलालघाट-फलाँटे-कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-वाफल खण्ड स्तरोन्नति भइरहेको हो ।

बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (एएफ)आयोजना कार्यान्वयन इकाई भक्तपुरमार्फत छ दशमलव पाँच किलोमिटर सडक विस्तार भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

गत असोजको बाढीपहिरोले करिब एक दशमलव पाँच किमी सडक क्षतिग्रस्त बनाएपछि उक्त क्षेत्रमा नयाँ डिजाइन गर्नुपर्ने आयोजना कार्यालयका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिनुभयो । नयाँ डिजाइन नहुँदासम्म यो क्षेत्रमा काम गर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

श्रेष्ठका अनुसार विस्तारित सडकमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी सातादेखि ग्रेडिङको काम गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको उहाँले बताउनुभयो । एसियाली विकास बैंक (एडिबी)को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले विसं २०८० चैत १३ गते दुई वर्षमा सम्पन्न गर्नेगरी रु १२ करोडमा ठेक्का लिएको थियो ।

हालसम्म २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षभित्र ‘असपाल्ट’ प्रविधिबाट कालोपत्र गर्ने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ ।

यसैबीच, गत साता बागमती प्रदेशसभाका सांसद लक्ष्मण लम्सालले निर्माणाधीन सडक अनुगमन गरी तोकिएको समयभित्रै काम सम्पन्न गर्न आयोजना तथा निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-वाफल सडकअन्तर्गत हबेली-सापिङ खण्डमा कालोपत्र सुरु गरिएको छ । प्रदेश सरकारको बजेटबाट स्तरोन्नति थालिएकामा शुक्रबार ‘प्राइम’ हालेपछि आजदेखि पिच बिछ्याउने काम थालिएको निर्माण कम्पनीका व्यवस्थापक प्रदीप गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा तीन किमी २०० मिटर असपाल्ट प्रविधिबाट कालोपत्र र चार सय मिटर ढलानको काम हुनेछ । रु नौ करोड ३२ लाख ६५ हजार ५०० मा पूर्वाधार विकास कार्यालय धुलिखेलले गत मङ्सिरमा पिएसकेरएभरेष्ट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । उक्त आयोजना आगामी मङ्सिरसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।

कम्पनीका व्यवस्थापक गौतमले निर्धारित समयावधि अगावै ठेक्का सम्पन्न गर्नेगरी तीव्रगतिमा काम भइरहेको जानकारी दिनुभयो । रासस