१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा सामान्य सुधार



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७.५९ अङ्कले बढेर एक हजार ४०३.८६ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अङ्कले बढेर २९४.२४ पुगेको छ । आज कूल १९० कम्पनीका ५३ लाख ४२ हजार ५८१ कित्ता शेयर रु एक अर्ब २९ करोड दुई लाख २५ हजार २१३ मा खरिदबिक्री भए ।

आज कारोबार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । जलविद्युत् ३.५५ अङ्कले घट्दा वित्त ०.८४ र सामूहिक लागनी कोष ०.०६ अङ्कले घटेका छन् । यस्तै बैंकिङ ७.०५, व्यापार ९.४४, होटल ३३.७७, विकास बैंक ६.२४, निर्जीवन बीमा ४६.७१, उत्पादन ८.१५, अन्य ३.८२, लघुवित्त १५.७३ र जीवन बीमा ५८.७८ अङ्कले बढेका छन् । कारोबार रकमका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो ।

सो कम्पनीको शेयर रु ३४ करोड २९ लाख ६० हजार ५०० मा खरिदबिक्री भयो । यस्तै नेपाल पुनःबीमा कम्पनीको रु १० करोड चार लाख १७ हजार ६३९, नेपाल लाइफ इन्स्योरेन्सको रु छ करोड ३२ लाख १४ हजार ८८, एनआइसी एसिया बैंकको रु पाँच करोड १५ लाख ५१ हजार ७६६, एनएमबी बैंकको रु चार करोड ५५ लाख ७९ हजार ३४८ र नविल बैंकको शेयर रु तीन करोड ४९ लाख ३७ हजार ४४४ मा खरिद बिक्री भयो ।

अजोड इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.९२, नेपाल फाइनान्स ९.४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.२७ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ६.५४ प्रतिशतले कमाए । दिव्यश्वरी हाइड्रोपावर प्रालिका शेयरधनीले ६.९० प्रतिशतले गुमाए । युनियन हाइड्रोपावर ६.५६, जोशी हाइड्रोपावर डेभलपमेन्ट ६.१५, छ्याङ्दी हाइड्रोपावर ५.३८ र युनाइटेड फाइनान्सका लगानीकर्ता ५.३२ प्रतिशतले गुमाए ।