७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले चितवनबाट शुभारम्भ गर्‍यो ‘जनयात्रा’



अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने जनयात्रा गर्ने निर्णय गरेको थियो । सो अवसरमा रास्वपा उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरे ।

उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका हुन् । आजको यो कार्यक्रममा सभापति रवि लामिछानेले सम्बोधन गर्ने तय भएको थियो ।

तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन् ।

लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए ।