३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री आले चढेको गाडीमा कारले दियो ठक्कर, मन्त्री आले सकुशल



file photo
अ+ अ-

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले चढ्नु भएको सवारी साधनलाई धनगढीमा एउटा कारले ठक्कर दिएको छ ।

मन्त्री आलेको निजी सचिवालयका अनुसार भोलि बुधबार महेन्द्रनगर बिमानस्थलको शिलान्यास गर्न धनगढी बिमानस्थलबाट गइरहेको अवस्थामा कैलालीको गेटा बिमानस्थल भित्र छिर्ने चोकमा पुगेका बेला एउटा कारले मन्त्री आले चढेको गाडीमा ठक्कर दिएको थियो ।

पवन कडायत भन्ने चालकले उच्च गतिमा चलाएको बा ४ च १३७७ नम्बरको कारले अनियंत्रित भइ मन्त्री आले चढेको गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मन्त्री आले लगायत सबै सुरक्षाकर्मीलाई कुनै चोटपटक नलागेको र उहाँहरुको अवस्था  सामान्य रहेको छ ।

अनियन्त्रित भएर  कार चलाउने चालक सामान्य घाइते भएको तथा मन्त्रीकै आदेशमा चालकलाई एम्बुलेन्स मार्फत उपचारका लागि अस्पताल पुर्‍याउन पठाइएको प्रहरीले जनाएको छ । मन्त्री आले सहित सबै जना महेन्द्रनगर पुग्नु भएको बताइएको छ ।




भर्खरै