२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.19

Wind: 2.06

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आग्रह



अ+ अ-

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले अधिकार र कर्तव्यको लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेशालाई सम्मान गर, शिक्षक महासंघ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लगायतका प्लेकार्ड र नारा बोकेर अनिश्चितकालीन प्रदर्शन गरेका हुन् ।

यस आन्दोलनलाई उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दालनको रुपमा औंल्याएका छन् ।