२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.33

Wind: 1.03

Humidity: 45

Latest
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ उपप्रमुख डंगोल वेल्जियम प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली आज थाइल्यान्डको औपचारिक भ्रमणमा जाँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्यान्ड भ्रमणमा जाँदै हुनुहुन्छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली दिउँसो बैंकक जान लागेको हो ।

बैंककमा आजदेखि २३ गतेसम्म बिमस्टेकको शिखर सम्मेलन हुँदै छ । बैठकमा परराष्ट्रमन्त्री आरजु राणालगायतका मन्त्रीहरू पनि सहभागी हुनेछन् । बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूसँग द्विपक्षीय भेटवार्ता हुने पनि जनाइएको छ ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेका छन् ।

पाँचौँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा आयोजना भएको थियो भने सन् २०१८ मा नेपालले चौथो शिखर सम्मेलन आयोजना गरेको थियो । बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रूपमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रूपमा लिइन्छ । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सामेल छैनन् ।

बैंककमा रहँदा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण समेत गर्नुहुनेछ । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ बर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा दुइवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्तार हुनेछ ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेश र ब्यावसायीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली चैत्र २२ गते बिमेस्टेक सम्मेलनलाई सम्वोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले थाइल्याण्डमा रहँदा बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुसँग एकपक्षीय तथा दुइपक्षीय भेटघाट गर्ने तय भएको छ । प्रधानमन्त्री ओली चैत्र २३ गते स्वदेश फर्कनुहुनेछ ।