३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.74

Wind: 3.09

Humidity: 38

Latest
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल रास्वपाका नेत्री राई एमालेमा प्रवेश देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो, जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन:… चीनको चमत्कारः विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ हङकङसँगको खेल रद्द भएपछि नेपाल फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ जलविद्युत् आयोजनाबाट एक सय हेक्टरमा वृक्षरोपण



अ+ अ-

तनहुँ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक सय चार हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गरेको छ । आयोजना निर्माण गर्दा रुख कटान भएबमोजिम क्षतिपूर्तिवापत १०४ दशमलव २१ हेक्टर जग्गामा वृक्षरोपण गरिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना निर्माण गर्दा रुख कटान भएपश्चात् वृक्षरोपण गर्नुपर्ने प्रावधानअनुसार आयोजनाका तर्फबाट बिरुवा रोपिएको जानकारी दिनुभयो । कार्यालयले थप १७ सामुदायिक वन क्षेत्रमा क्षतिपूर्ति स्वरुप वृक्षरोपणको तयारी गरेको उहाँले बताउनुभयो । त्यसका लागि गण्डकी प्रदेश वन मन्त्रालयका सचिवबाट अनुगमन गरी आयोजनाका पदाधिकारी र डिभिजन वन कार्यालय तनहुँका प्रमुखसँग छलफल भएको छ ।

आयोजनालाई आवश्यक वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख, बिरुवा हटाउने, क्षतिपूर्ति, वृक्षारोपणलगायत विषयमा छलफल गरिएको भण्डारीको भनाइ छ ।

यस्तै, आयोजनाले म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन उपभोक्ता समूहमा पोखरी निर्माण गरेको छ । आयोजनाको वन तथा वन्यजन्तु व्यवस्थापन योजनाअन्तर्गत वन्यजन्तुको सहज आवतजावत तथा बासस्थान संरक्षणका लागि पोखरी निर्माण गरिएको हो ।

साथै मत्स्य व्यवस्थापन योजनाअन्तर्गत ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजना कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी बाहिर रहने संरचना निर्माण गरिएको पनि आयोजनाले जनाएको छ । ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति र त्यसको नमूना परीक्षण गरिएको छ भने परीक्षणका लागि माछाका भुर्रा छाडिएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो । रासस