२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरु सक्रिय हुन थालेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामो रक्षाका लागि नेतृत्व गरेका नेताहरुले सच्चिनुपर्ने बताउनुभएको हो । उहाँले गणतन्त्रवादी दलहरुबीच मतभेद भएपनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्रवादी दलहरुले देश र जनताको अगाडि निर्भिक भएर आफ्ना कमजोरीहरु स्वीकार्दै आत्मआलोचना गर्नुपर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा बीचमा मतभेद छन् । तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यसकारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुको बीचमा प्रशस्तै मतभेद छन् । मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथिहरु सच्चिनु, आत्मआलोचना गर्नु । ति कमजोरी भएका कुराहरुलाई देश र जनताको अगाडि निर्भिक भएर आत्मआलोचना हुनुपर्दछ । होइन भने हामीले वर्षौं लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरुले उल्ट्याउँछन् नि ।’

उहाँले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरु अगाडि बढ्नुपर्ने बताउनु भयो ।




भर्खरै