२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरु सक्रिय हुन थालेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामो रक्षाका लागि नेतृत्व गरेका नेताहरुले सच्चिनुपर्ने बताउनुभएको हो । उहाँले गणतन्त्रवादी दलहरुबीच मतभेद भएपनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्रवादी दलहरुले देश र जनताको अगाडि निर्भिक भएर आफ्ना कमजोरीहरु स्वीकार्दै आत्मआलोचना गर्नुपर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा बीचमा मतभेद छन् । तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यसकारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुको बीचमा प्रशस्तै मतभेद छन् । मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथिहरु सच्चिनु, आत्मआलोचना गर्नु । ति कमजोरी भएका कुराहरुलाई देश र जनताको अगाडि निर्भिक भएर आत्मआलोचना हुनुपर्दछ । होइन भने हामीले वर्षौं लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरुले उल्ट्याउँछन् नि ।’

उहाँले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरु अगाडि बढ्नुपर्ने बताउनु भयो ।