७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दा निर्मल निवासलाई किन दुखेन ?’



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले तीनकुनेको हिंसात्मक घटनामा सबैले शोक व्यक्त गर्दा निर्मल निवासले किन गरेन भन्दै प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद शर्माले तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दै गर्दा निर्मल निवासलाई अलिकति पनि नदुखेको प्रतिक्रिया दिएका हुन् ।

‘तीनकुने घटनामा सविन महर्जन श्रमजीवि युवा र पत्रकार सुरेश रजकको मृत्यु भयो। सबैले दुःख व्यक्त गरे। राजनीतिक दल सबैको वक्तव्य आएको छ। तोडफोड हुँदा सबैको मन दुख्यो। तर निर्मल निवासलाई दुःखेन।’ शर्माले भने ,‘नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो। तर निर्मल निवासलाई दुखेन। राजा ल्याउँछु भन्ने युवालाई म भन्न चाहन्छु। तीनकुनेलाई दुख्दै गर्दा, तपाईंको मन दुख्दै गर्दा, हृदय नदुख्ने तपाईं कस्तो राजाको परिकल्पना गर्दै हुनुहुन्छ।’

यस्तै, सांसद शर्माले शाहवंशीय राजाहरूमा संवैधानिक राजा भएर बस्न सक्ने गुण नभएको भन्दै अब राजतन्त्र देशमा नफर्कने दाबी गरे ।

राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको उनको आरोप छ । राजतन्त्र हटेपछि नेपाल विकासको बाटोमा अघि बढेको सांसद शर्माको भनाई छ ।