१२ श्रावण २०८३, मंगलवार
,
Latest
ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको प्रश्नः राजनीतिक दललाई नबोलाइएको बैठकलाई कसरी सर्वदलीय बैठक भन्ने ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको गणतन्त्र पक्षधर दलहरूको संयुक्त बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमत, जनमोर्चा, लोसपा, जसपा नेपाल, जसपालगायत दलका शीर्ष नेता सहभागी छन् ।

तर, संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने छलफलमै नबोलाइएको रास्वपाका एक शीर्ष नेताले जानकारी दिए ।

‘सबैभन्दा पहिले त यो सर्वदलीय बैठक नै भएन । चौथो ठूलो राजनीतिक दललाई नबोलाइएको बैठकलाई कसरी सर्वदलीय बैठक भन्ने ? हामीलाई जानकारी छैन । यो सँगै फोटो खिच्न रहर हुनेहरूको भेला बैठक हो । फोटो खिचाउन हामीलाई रहर छैन । बैठकबारे जानकारी नै छैन । ती नेताले भने ।

साँझ ७ बजेदेखि सुरु हुने भनिएको बैठक करिब एक घण्टा ढिला गरी बैठक सुरु भएको थियो । पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपटक एकै ठाउँमा भेला भएका हुन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री कृष्ण सिटौला, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउन, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षा डा. बाबुराम भट्टराईलगायत शीर्ष नेता सहभागी छन् ।