१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरद्वारा पूर्वराजासँग ७ लाख ९३ हजार जरिवाना माग



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

हिजो (शुक्रबार) राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो ।

शनिबार काठमाडौं महानगरको टोलीले तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो । उक्त विवरण संकलन गरी लाग्‍ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय महानगरले गरेको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/03/gyanendra-patra-1743244297.pdf”]