३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरद्वारा पूर्वराजासँग ७ लाख ९३ हजार जरिवाना माग



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

हिजो (शुक्रबार) राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो ।

शनिबार काठमाडौं महानगरको टोलीले तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो । उक्त विवरण संकलन गरी लाग्‍ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय महानगरले गरेको छ ।

Loading...