१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवल शम्शेर पक्राउ परेको सूचना संसद पुग्यो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री समेत रहेका राणा राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा पक्राउ परेका थिए ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिए ।

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ भने संसद नभएको अवस्थामा सूचनापाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ ।

प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ ।