१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी घरहरूमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोप लगाएका छन् ।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा निजी घरहरूमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उनले सामाजिक सञ्जालमार्फत तोडफोड नगर्न आग्रह गरेका छन् ।

‘प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो । कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दुःख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, उनले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तीपूर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्याँस प्रहार गर्‍यो । लाठी चार्ज गर्‍यो । अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रु ग्याँस प्रहार गरी हामीलाई कार्यक्रम सुरु गर्न दिएन ।’

तीनकुने क्षेत्रमा स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।




भर्खरै