८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह

राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह
अ अ+ अ-

काठमाडौं । चर्चित कथावाचिका राधिका दासीले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र धार्मिक पहिचानमाथि प्रहार भएको भन्दै घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

मंगलबार जारी गरेको प्रेस वक्तव्यमा उनले आफू आध्यात्मिक साधना, भक्ति, सेवा र नैतिक मूल्यमा समर्पित जीवन बिताउँदै आएको उल्लेख गर्दै आफ्नो सम्मान र मानवीय गरिमामाथि चोट पुगेकाले बाध्य भएर सार्वजनिक रूपमा न्यायको माग गर्नुपरेको बताएकी छन्। यो कुनै राजनीतिक वा प्रतिशोधपूर्ण कदम नभई एक पीडित नागरिकको रूपमा न्याय खोज्ने प्रयास भएको उनको भनाइ छ।

दासीले पछिल्लो समय आफ्नो चरित्र र प्रतिष्ठामा आँच पुग्ने सामग्रीहरू फैलाइएकाले परिवार, शुभेच्छुक तथा श्रद्धालुहरू गहिरो रूपमा प्रभावित भएको उल्लेख गरेकी छन्। अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको चरित्रहत्या गर्न नपाइने भन्दै महिलाको सम्मानमाथिको आक्रमण समग्र समाजको आत्मसम्मानमाथिको आक्रमण भएको उनको भनाइ छ।

प्रेस वक्तव्यमा उनले न्यायको खोजीका क्रममा सम्बन्धित सरकारी निकाय तथा गृहमन्त्रीसँग भेट्ने प्रयास गरे पनि लामो समय प्रतीक्षापछि पनि भेट्न नपाएको गुनासो गरेकी छन्। पीडित नागरिकको रूपमा आफ्नो कुरा सुनिदिन र निष्पक्ष न्याय सुनिश्चित गरिदिन सरकारसँग आग्रह गरेकी छन्।

दासीले नेपालको संविधान र न्यायपालिकाप्रति पूर्ण विश्वास व्यक्त गर्दै साइबर ब्युरोलगायत सम्बन्धित निकायमा उजुरी दर्ता गरिसकेको जानकारी दिएकी छन्। कानून निष्पक्ष रूपमा कार्यान्वयन भए सत्य अवश्य स्थापित हुने विश्वास उनले व्यक्त गरेकी छन्।

प्रेस वक्तव्यमार्फत उनले घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धान, अनुसन्धानमा प्रभाव वा हस्तक्षेप भएको भए त्यसको छानबिन, दोषीलाई कानूनबमोजिम कारबाही, पीडितको सम्मान र गोपनीयताको संरक्षण, साइबर माध्यमबाट हुने मानहानि तथा चरित्रहत्या रोक्न प्रभावकारी कार्ययोजना लागू गर्नुपर्ने लगायत आठ बुँदे माग अघि सारेकी छन्।

उनले सञ्चार माध्यमलाई सत्य, प्रमाण र जिम्मेवार पत्रकारिताको पक्षमा उभिन आग्रह गर्दै आम नागरिकलाई सामाजिक सञ्जालमा अपुष्ट सूचना तथा घृणाजन्य सामग्री साझा नगर्न र भीडको निर्णयभन्दा कानूनी प्रक्रियामा विश्वास गर्न अनुरोध गरेकी छन्।