१५ श्रावण २०८३, शुक्रबार
,
Latest
स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति



अ+ अ-

एजेन्सी । जापान सरकारले ८९ वर्षीय इवाओ हाकामातालाई हत्याको झुटो आरोपमा ४७ वर्ष जेल बसेको कारण २० करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

हाकामातालाई सन् १९६८ मा गिरफ्तार गरिएको थियो । उनले २०१४ सम्म जेल सजाय भोग्दै आएका थिए । गत वर्ष सेप्टेम्बरमा जापानको शिजुओका सहरको अदालतले उनलाई सबै आरोपबाट सफाइ दिएको थियो ।

उनलाई सन् १९६६ मा आफ्नो मालिक, उनकी श्रीमती र दुई छोराछोरीको हत्या गर्ने, घरमा आगो लगाएको र २ लाख येन (जापानी मुद्रा) चोरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

हाकामाताका वकिलहरूका अनुसार यो देशको इतिहासमा कुनै पनि आपराधिक मुद्दामा दिइएको सबैभन्दा ठूलो क्षतिपूर्ति हो ।

हाकामाताकी बहिनी हिदेकोले आफ्नो भाइको निर्दोषता प्रमाणित गर्न प्रमाण जुटाउन धेरै वर्ष मेहनत गरिन् । त्यसपछि अदालतले २०१४ मा मुद्दाको पुनः सुनुवाइ सुरु गर्यो र हकामातालाई जेलबाट रिहा गरिदियो ।

हिदेकोले ५७ वर्षदेखि यही दिनको प्रतिक्षामा रहेको र त्यो दिन आएको बताइन् । ‘अन्ततः मेरो काँधबाट बोझ हट्यो ।’ उनले भनिन् ।

बुढेसकाल र बिग्रिएको मानसिक अवस्थाका कारण उनलाई मुद्दाको सुनुवाइमा उपस्थित हुनबाट छुट दिइएको थियो । उनी ९१ वर्षीया दिदी हिदेकोको हेरचाहमा बस्दै आएका थिए ।




भर्खरै