२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.46

Wind: 2.57

Humidity: 27

Latest
निजामती सेवा विधेयकः दलीय ट्रेड युनियन र ‘कुलिङ पिरियड’को प्रावधानमा अझै जुटेन सहमति तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख दिने बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री ट्रकमा भेटिएको २५ करोडको मालिकको पहिचान खुल्यो सहकारी मर्यादित भए मात्रै समुन्नत देश र समाज निर्माण गर्न सकिन्छः कार्यवाहक प्रधानमन्त्री सिंह महामन्त्री शर्माको प्रश्नः राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ? निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय मागः एमाले प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग रहेको टिप्पणी गर्नुभएको छ ।

बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो टिप्पणी गर्नुभएको हो ।

एक अमुख कर्मचारीलाई देवत्वकरण गरेर संसदमा प्रतिपक्षी दलको तर्फबाट भएको अवरोधको कुनै औचित्य नभएको उहाँको भनाइ छ । सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयकहरुलाई पास गर्न नदिनको लागि दुराशययुक्त ढंगबाट अवरोध सिर्जना गर्ने काम भएको उहाँको आरोप छ । कर्मचारीको निुयुक्ति,प दमुक्त र सरुव गर्ने सरकारको नियमित काम भएको भन्दै प्रधानमन्त्रीले जवाफ दिइराख्नु नपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले विभिन्न निर्णयहरु गर्छ । सरकारले गरेको निर्णयलाई मुद्दा बनाएर हाउस अवरुद्ध गर्ने कुरा सामन्यतः हाउसभित्र भएको छैन । एउटा कर्मचारीलाई देवत्वकरण गर्ने काम जसरि प्रतिपक्षीको तर्फबाट हाउसमा भयो र मन्त्रिपरिषद्ले गरेको एउट निर्णयको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र नभए हाउस चल्न दिदैनौं भन्नु असंसदीय र गैरराजनीतिक कुरा हो । संसदले गर्नुपर्ने धेरै कार्यभारहरुलाई अगाडि बढ्न नदिनको लागि दुराशययुक्त ढंगबाट हामलिे अध्यादेशबाट आएका प्रतिस्थापन विधेयकहरु पारित गर्ने सिलसिलामा रहेको कारण त्यसमा अवरोध सिर्जना गर्ने मनसायका साथ एउटा कर्मचारीलाई बोकेर प्रधानमन्त्रीको जवाफ माग्नु असम्भव र बेठिक कुरा हो । कर्मचारीको नियुक्त, पदमुक्त र सरुवा सरकारले गरि नै रहन्छ ।’

उहाँले कुलमानलाई पदमुक्त गर्ने निर्णयबारे जवाफ दिनैपरेपनि विभागिय मन्त्रीले दिने बताउनु भयो ।