१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल

ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबीच सेटिङ मिलाउन नसकेको कारण कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको आरोप लगाउनुभएको छ ।

बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । सरकारको उद्देश्य ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल उठाउन नदिनु रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयमा सेटिङ नमिलेको हो नि । उहाँको कार्यसम्पादनमाथि प्रश्न उठाइयो । उहाँकै कार्यकालमा हैन प्राधिकरणले १२ अर्ब रुपैयाँ फाइदा कमाएको ?प्रधानमन्त्री हुनेबित्तिकै ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नतिरे पनि उद्योगको लाइन जोड्नु कसले भनेको ? कुलमानले लाइन काट्ने बित्तिकै हतार हतार जोड भनेको कसले ? सरकारको सेटिङ ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नउठाउनको लागि हो, हेर्दै जानुहोला ।’

घिसिङकै कार्यकालमा प्राधिकरणले १२ अर्ब रुपैयाँ नाफा कमाएको भएपनि सरकारले कायरतापूर्वक पदमुक्त गरेको उल्लेख गर्दै आफ्नो र आफ्नो पार्टीको लागि यो निर्णय स्वीकार्य नहुने उहाँको भनाइ छ ।