२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
Latest
निजामती सेवा विधेयकः दलीय ट्रेड युनियन र ‘कुलिङ पिरियड’को प्रावधानमा अझै जुटेन सहमति तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख दिने बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री ट्रकमा भेटिएको २५ करोडको मालिकको पहिचान खुल्यो सहकारी मर्यादित भए मात्रै समुन्नत देश र समाज निर्माण गर्न सकिन्छः कार्यवाहक प्रधानमन्त्री सिंह महामन्त्री शर्माको प्रश्नः राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ? निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता गौतम बैंकिङ कसुरमा पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमलाई पक्राउ गरेको छ । उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए ।

विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेमा पनि तीन वटा चेक बाउन्स गरी उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ । उनले गरेको खराब आर्थिक कारोबारका कारण बैंकिङ अभिलेखमा उनी कालोसूचीमा परेका छन् ।

बैंकमा खाता खोल्न नमिलेपछि गौतमले आइसीएफसी फाइनान्स, बनेपाको खाताबाट रकम कारोबार गर्दै आएको खुलेको छ ।

सोही खातामा जिल्ला समन्वय प्रमुखको हैसियतले पाउनुपर्ने तलब र सुविधा जम्मा हुने गरेको थियो । अहिले उक्त खाता पनि कालोसूचीमा परी खाता रोक्का भइसकेको प्रहरीले जनाएको छ ।