२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 4.12

Humidity: 24

Latest
तीन दिनमै हलबाट उत्रिन लाग्यो सलमानको ‘सिकन्दर’ नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत दक्षिण कोरियाली पूर्व कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दायर रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्नः मन्त्री गुरुङ नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली, थाइल्याण्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निमन्त्रणा गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो पत्रकार सुरेश रजकको आज दाहसंस्कार गरिँदै मेडिकल र राहत सामग्रीसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान आईपीएल आजः आरसीबी र गुजरातबीच भिडन्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता गौतम बैंकिङ कसुरमा पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमलाई पक्राउ गरेको छ । उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए ।

विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेमा पनि तीन वटा चेक बाउन्स गरी उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ । उनले गरेको खराब आर्थिक कारोबारका कारण बैंकिङ अभिलेखमा उनी कालोसूचीमा परेका छन् ।

बैंकमा खाता खोल्न नमिलेपछि गौतमले आइसीएफसी फाइनान्स, बनेपाको खाताबाट रकम कारोबार गर्दै आएको खुलेको छ ।

सोही खातामा जिल्ला समन्वय प्रमुखको हैसियतले पाउनुपर्ने तलब र सुविधा जम्मा हुने गरेको थियो । अहिले उक्त खाता पनि कालोसूचीमा परी खाता रोक्का भइसकेको प्रहरीले जनाएको छ ।