९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी

धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी
अ अ+ अ-

सुदूरपश्चिम। आगामी भदौ १७ गते कैलालीको धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना हुने भएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यसबारे जानकारी दिँदै तयारी सुरु भएको जनाएको हो ।

संस्थाका प्रबन्धक सरस्वतीकुमारी खड्का भट्टले गाईजात्रा पर्वको संरक्षण र प्रवर्द्धन गर्दै हास्य–व्यंग्यमार्फत समाजमा रहेका विकृति, विसङ्गति तथा समसामयिक विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

यसअघि विसं २०८१ मा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्ष कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र सन्देशमूलक बनाइने उहाँले बताउनुभयो ।

कार्यक्रममा केन्द्रीयस्तरका हास्य–व्यङ्ग्य कलाकारको विशेष प्रस्तुति रहनुका साथै सुदूरपश्चिमका वरिष्ठ तथा चर्चित हास्य–व्यंग्य कलाकारले नाटक, कविता, गीत–सङ्गीत, देउडा तथा प्रदेशका मौलिक लोक–सांस्कृतिक प्रस्तुत गर्ने गरी तयारी भइरहेको आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजकसमेत रहनुभएकी खड्काले गाईजात्रा परम्पराको पुस्तान्तरणसँगै हास्य–व्यङ्ग्यमार्फत लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता विषयमा सकारात्मक सन्देश प्रवाह गरिने उल्लेख गर्नुभयो । रासस