१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday
Latest
मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थको आयात चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि तीन दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न निर्देशन



अ+ अ-

काठमाडौँ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको शिक्ष, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयकमाथिको दफावार छलफल सकेको हो ।

समितिको बैठकले मंगलवार विधेयकको ४८ देखि ६४ सम्मको दफा परिमार्जनसहित पास गर्दै विधेयकमाथिको छलफल टुंग्याएको हो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकको दफावार छलफलका आधारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा मस्यौदा प्रतिवेन तयार पार्न समिति सचिवालयलाई निर्देशन दिनुभयो । उहाँले विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने समेत बताउनु भयो ।

समितिले उच्च शिक्षासम्बन्धी विधेयक समेत संसदमा ल्याउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गरेको छ । सभापति थापाले ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक समेत समितिमा पेस गर्न निर्देशन दिनुभयो । उहाँले ख्वप स्थापना भएमा अन्य विश्वविद्यालयभन्दा आधाभन्दा कम शुल्कमा एमबिबिएस विषयको पठनपाठन गराउन सकिने प्रतिवद्धता व्यक्त भएको भएपनि समितिले पटक पटक निर्देशन दिएको भएपनि हालसम्म संसदम दर्ता नभएको बताउनु भयो । उहाँले संसदको जारी अधिवेशनभित्र विधेयक संसदमा दर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभयो ।