१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग

देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैनः मन्त्री भण्डारी

देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैनः मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताउनुभएको छ ।

मंगलवार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताउनुभएको हो ।

उहाँले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यसपछाडिको यथार्थलाई सुक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ । उहाँले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु जस्तै फर्किेनेहरु समेत रहेको बताउनु भयो । उहाँले मलेसिया, जापान र कोरिया लगायतका देशमा जानेहरु उतै पलायन हुने अवस्था नरेहको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग अत्यन्त ठूलो जिम्मेवारी र दायित्व छ । त्यो जिम्मेवारी र दायित्वको आधारमा अहिले जुन असन्तुष्टि र नैराश्य निर्माण भएको छ त्यसलाई हामीले बदल्नुपर्दछ । त्यसको लागि नेपालबाट वैदेशिक रोजगारीमा जाने नागरिकको त डाटाहरु आएकै छन् । तर वैदेशिक रोजगारीबाट नेपाल फर्केर कति जना आएका छन् भनेर कसैले पनि कुरा गर्दैन । ७० लाख मान्छे वैदिशक रोजगारमा गएका छन् । ति मान्छेहरु कहाँ गए रु फर्केर आइरहेका छन् कि छैनन् रु वैदेशिक रोजगारीमा गएका ४२ लाख नेपाली नागरिकहरु फर्किएर नेपालमा आएका छन् भन्ने तथ्यांक मैले प्राप्त गरेको छु । यसले के देखाउँछ भने आउने जाने क्रम त भइरहेको छ । मलेसिया, जापान तथा कोरियामा जाने ९० प्रतिशत नागरिक रहेका छन् । त्यहाँ पलायन हुने अवस्था छैन । निश्चित समयपछि नेपाल फर्केर आउनैपर्छ । त्यसले मुलुकमा गरिबी घटाउनको लागि ३० प्रतिशत मद्दत ग¥यो भन्ने कुरा आइरहेको छ ।’

वैदेशिक रोजगारीमा जाने नियमित प्रक्रिया भएपनि सिपयुक्त जनशक्ति पठाउने कुरामा सरकारको ध्यान जानुपर्ने उहाँको तर्क छ । उहाँले अबको दश वर्षमा दशलाख सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको समेत बताउनु भयो । वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र ल्याएको पुँजीलाई मुलुकको विकासमा योगदान गर्न लगाउनु सरकारको प्राथमिकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामीले १० वर्षमा दश लाख जनशक्ति उत्पादन गर्ने मात्र होइन । यो दश वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकहरुले सिकेका सीप र पूँजीलाई मुलुकको योगदानमा कसरि लगाउने भन्नेकुरा सबैभन्दा प्राथमिकतामा रहेको छ । सीपयुक्त नागरिक जाँदै गर्छन । तर फर्किएर आएका मानिसहरुलाई फेरि नफर्किने वातावरण तयार गर्न दश वर्ष हामीले लिन खोजिरहेका छौं ।’

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरुलाई फेरि वैदेशिक रोजगारमा नफर्किने वातावरण तयार गर्न सरकार क्रियाशील रहेको मन्त्री भण्डारीको भनाइ छ ।