१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १५ गते जनप्रदर्शन गर्ने राजावादीको घोषणा



अ+ अ-

काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।

नवराज सुवेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो ।

संयोजक सुवेदीले नेपाल विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताउदै सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेका छन् ।

सोही दिन समाजवादी मोर्चाले पनि काठमाडौँमा राजावादीको गतिविधिविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।