८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday
Latest
कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा काँग्रेस सांसद थानीको जोड पोप फ्रान्सिसको निधन: भ्याटिकन पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे विराट कोहलीको आईपीएल कीर्तिमान तोड्दै रोहित शर्मा नम्बर–१ बने पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त वैभव सूर्यवंशीः छोराको क्रिकेट सपना पूरा गर्न बुबाले आफ्नो कृषियोग्य जग्गा बेचे शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज गुजरात र पञ्जाब खेल्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजनको पाँचौं खेलमा आज गुजरात टाइटन्स र पञ्जाब किंग्स खेल्दैछन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ ।

गुजरातले आफ्नो घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा कुल १६ खेल खेलेको छ । जसमा ९ जित र ७ हारेको छ । यस मैदानमा टोलीले आफ्नो पहिलो आईपीएल उपाधि पनि जितेको थियो। टोलीले २०२२ मा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि जितेको थियो ।

हे- ट- हेडमा गुजरात अगाडि

आईपीएलमा हालसम्म यी दुई टोलीबीच जम्मा ५ खेल खेलिएका छन् । जसमा गुजरातले ३ खेल जितेको छ भने पञ्जाबले २ खेल जितेको छ। दुबै टोली यस मैदानमा दोस्रो पटक आमने सामने हुँदैछन्।

गुजरातको ब्याटिङ बलियो

गुजरातको ब्याटिङ विभाग निकै बलियो छ । जोस बटलरलाई समावेश गरेर टोलीले यो सिजन ओपनिङलाई बलियो बनाएको छ। फिनिसिङ लाइनमा शेरफान रदरफोर्ड, शाहरुख खान, राहुल तेवाटिया, राशिद खान र ग्लेन फिलिप्स जस्ता स्थापित खेलाडीहरू पनि समावेश छन्।

पञ्जाबमा म्याच विजेताहरू धेरै

पञ्जाबसँग श्रेयस अय्यरमा कप्तान र मध्यक्रममा राम्रा ब्याट्सम्यानहरु छन् । वढेरा, म्याक्सवेल, शशांक, यान्सन र शेड्जले बलियो फिनिसिङमा छन्। अर्शदीप, चहल, ब्रार, यश ठाकुर र यान्सनले बलिङलाई बलियो बनाउनेछन् ।

पिच रिपोर्ट

अहमदाबादको पिच ब्याटिङमैत्री मानिन्छ। अहिलेसम्म यहाँ ३५ आईपीएल खेल खेलिएका छन् । पहिले ब्याटिङ गरेको टोलीले १५ र लक्ष्य पछ्याउँने टोलीले २० खेल जितेको छ ।यहाँको उच्चतम टोली स्कोर २३३/३ हो, जुन २०२३ मा मुम्बई इन्डियन्स विरुद्ध गुजरात टाइटन्सले बनाएको थियो।

सम्भावित प्लेईङ–११ः

गुजरात टाइटन्सः शुभमन गिल (कप्तान), जोस बटलर (विकेटकीपर), साई सुदर्शन, महिपाल लोमरोर, ग्लेन फिलिप्स, शाहरुख खान, राहुल तेवाटिया, राशिद खान, साई किशोररइशान्त शर्मा, कागिसो रबाडा, मोहम्मद सिराज, प्रशिद कृष्णा।

पञ्जाब किंग्सः श्रेयस अय्यर (कप्तान), प्रभसिमरन सिंह (विकेटकीपर), जोश इङ्लिस, शशांक सिंह, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, नेहल वधेरा, सूर्यांश शेडगे, मार्को यान्सन, हरप्रीत ब्रार, अर्शदीप सिंह, युजवेन्द्र चहल।