१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

18.87°C

काठमाडौं

18.87°C

Kathmandu

Feels-like: 17.57

Wind: 4.12

Humidity: 29

Latest
युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन सुखद् नतिजा ल्याउने अपेक्षामा एफसी चितवन र पोखरा सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल प्रधानमन्त्रीको प्रश्नः नयाँ राजनीतिक दलहरु क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरुको पछि किन लाग्नुहुन्छ ? समाजवादी मोर्चाको बैठक जारी एन्फाको वार्षिक बजेट डेढ अर्ब प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनीः प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्नूस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपः कर्णालीविरुद्ध बागमतीको सहज जित



अ+ अ-

घोराही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ ।

आज लमहीमा भएको खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले सातौँ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । उसको जितमा इशान पाण्डेले २२, आशुतोष घिरैयाले १९ र शुभ कंसाकारले १६ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्रै बनाउन सक्यो । उसका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाउँदा अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमतीका लागि रिजन ढकालले ५.१ ओभरमा १९ रन दिएर पाँच विकेट लिए भने सूर्य तामाङले सात ओभरमा १७ रन दिएर चार विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना र प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली आर्मी क्लब एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टोली सहभागी छन् । गत फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा जारी प्रतियोगितामा राउण्ड रोविनका आधारमा खेल भइरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताअन्तर्गत रुपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा खेल खेलाइनेछ ।