१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको रक्षा गर्न प्रतिवद्ध छौँः संविधान सभा परिषद् नेपाल



अ+ अ-

काठमाडौँ । संविधान सभा परिषद् नेपालले अराजक गतिविधिका कारण अस्थिरता सिर्जना भएको बताएको छ ।

सोमवार सिंहदरबारमा परिषद्ले पत्रकार सम्मेलन गर्दै अहिले देखिएका अराजक गतिविधिले राजनीतिक अस्थिरता सिर्जना गरेको ठहर गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संविधान सभा परिषद् नेपालका अध्यक्ष अनन्त पौडेलले अराजक गतिविधिका कारण राजनीतिक अस्थिरता सिर्जना भएको, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने र नेपाली समाजलाई विखण्डन गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो । उहाँले राजावादीहरुको प्रदर्शनप्रति इंगित गर्दै संविधानको मर्म र भावना विपरित संवैधानिक व्यवस्थामाथि नै हमला गर्ने काम भएको बताउनु भयो ।

उहाँले नेपालको लोकतन्त्र बलिदान, संघर्ष र नेपाली जनताको अभिमतबाट स्थापित भएको भन्दै लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएको छ । नेपालमा गणतन्त्र स्थापना गर्नु केबल व्यवस्थागत परिवर्तन मात्र नभइ ऐतिहासिक परिवर्तन रहेको जिकिर संविधान सभा परिषद् नेपालको छ । संविधान सभा परिषद् नेपाल संविधानको रक्षा गर्न प्रतिवद्ध रहेको जिकिर गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन निरन्तर लागिरहने बताउनु भयो । संविधान सभा परिषद् नेपालले पछिल्लो समय केही समूहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावना विपरित गतिविधि गरिरहेको भन्दै भत्र्सना गरेको छ ।

अध्यक्ष पौडेलले भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभुति गर्दै नेपाली जनतालाई आश्वस्त बनाउने कार्यमा सबै दलहरु लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान सभा परिषद् नेपालले नेपाली जनताको अपेक्षा र आकंक्षाअनुसार सबै पक्षसँग छलफल गरी संविधानमा रहेका कमजोरीहरुलाई हटाइ आवश्यकताअनुसार संशोधन गर्न जोड दिएको छ ।