१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

23.32°C

काठमाडौं

23.32°C

Kathmandu

Feels-like: 22.31

Wind: 6.69

Humidity: 23

Latest
राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल प्रधानमन्त्रीको प्रश्नः नयाँ राजनीतिक दलहरु क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरुको पछि किन लाग्नुहुन्छ ? समाजवादी मोर्चाको बैठक जारी एन्फाको वार्षिक बजेट डेढ अर्ब प्रतिपक्षीलाई प्रधानमन्त्रीको चेतावनीः प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्नूस् प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो ४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय मागः एमाले प्रमुख सचेतक… चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयोः मन्त्री भट्टराई



अ+ अ-

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानून बनाउन सुझाव दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागि हुँदै मन्त्री भट्टराईले यस्तो सुझाव दिनुभएको हो ।

उहाँले विधेयकलाई विश्वविद्यालयहरुमा देखिएको क्यालेण्डर, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको समत बताउनु भयो । यस विषयको समाधान सहित विधेयक अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘हामीले यो विश्वविद्यालयलाई अहिलेसम्मका विश्वविद्यालय र अब बन्ने विश्वविद्यालयमा समेत एउटा मानक स्थापित गर्नसकौं । अहिले विश्वविद्यालयभित्र तीनवटा समस्याहरु रहेका छन् । एउटा क्यालेण्डरको कुरा, अर्को त्यहाँभित्रको जनशक्ति व्यवस्थापनको कुरा र लिडरसिप कसले लिने र विश्वविद्यालयको जिम्मेवार को हुने भन्ने कुरा । अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झैझगडा तथा संस्कारजन्य कुरमामा हामी कसरि जाने भन्ने विषयमा हामी जानैपर्छ । यो विषयलाई समेत विधेयकमा समेटेर जानको लागि म यहाँ अनुरोध गर्न चाहन्छु ।’

मन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारीहरुको अधिकारसम्बन्धी समेत स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनु भयो ।