२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्ट र युरोपेली संघका शिर्ष कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आग्रह



अ+ अ-

एजेन्सी । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गर्नुभएको छ ।

कायरोमा युरोपेली संघका शिर्ष कुटनीतिज्ञसँगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अब्देलाट्टीले गाजा पट्टीमा नागरिकहरू विरुद्ध इजरायली सैन्य कारबाही पुनः शुरु गर्ने कुरालाई अस्वीकार गर्नुभयो । सबै (इजरायली) बन्दीहरूलाई रिहा गर्ने एक मात्र तरिका वार्ताको टेबलमा फर्कनु र युद्धविराम सम्झौताको पालना गर्नु रहेको बताउनु भयो ।

उहाँले जनवरी १९ मा लागू भएको प्रारम्भिक गाजा युद्धविराम सम्झौताको दोस्रो चरणतर्फ द्रुत गतिमा अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।