१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै, यस्तो छ हेड–टु–हेड

आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै, यस्तो छ हेड–टु–हेड
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औं सिजनको चौथो खेलमा आज दिल्ली क्यापिटल्स (डीसी) र लखनउ सुपरजायन्ट्स (एलएसजी) खेल्दैछन् ।

दिल्लीको दोस्रो घरेलु मैदान, डा वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियम, विशाखापट्टनममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ। यहाँ दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

आज दुवै टोलीका पूर्व कप्तान आफ्नै पुरानो टोलीसँग भिड्न सक्नेछन् । गत वर्ष ऋषभ पन्त दिल्लीको कप्तान थिए भने केएल राहुल लखनउको कप्तान थिए। पन्तलाई मेगा अक्सनमा लखनउले २७ करोडमा किनेको थियो, जुन इतिहासकै सबैभन्दा महँगो खेलाडी हो । योसँगै राहुललाई दिल्लीले १४ करोडमा टिममा सामेल गरेको थियो ।

विकेटकिपर ब्याट्सम्यान केएल राहुल दिल्ली क्यापिटल्सका लागि पहिलो दुई खेलबाट बाहिर हुने बताईएको छ । उनको अनुपस्थितीमा अक्षर पटेलले कप्तानी सम्हाल्नेछन् ।

हेड टु हेडमा लखनउ अगाडि

आईपीएलमा हालसम्म लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्सबीच ५ खेल खेलिएका छन् । जसमा लखनउले ३ खेल जितेको छ भने दिल्लीले २ खेल जितेको छ । दुवै टोली पहिलो पटक विशाखापट्टनममा आमनेसामने हुँदैछन् ।

पिच रिपोर्ट

विशाखापट्टनमको पिच ब्याटिङमैत्री मानिन्छ। विशाखापट्टनममा अहिलेसम्म १५ आईपीएल खेलहरू खेलिएका छन्। जसमा ८ मा पहिले ब्याटिङ गर्ने टोली र ७ मा पछ्याउने टोली विजयी भएका थिए । यहाँको उच्चतम टोली स्कोर २७२/७ हो, जुन कोलकाता नाइट राइडर्सले गत सिजन दिल्ली क्यापिटल्स विरुद्ध बनाएको थियो।

सम्भावित प्लेईङ–११ः

दिल्ली क्यापिटल्स: अक्षर पटेल (कप्तान), ज्याक फ्रेजर(मगार्च, फाफ डु प्लेसिस, अभिषेक पोरेल, केएल राहुल, ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, मिचेल स्टार्क, कुलदीप यादव, मुकेश कुमार, टी नटराजन, मोहित शर्मा।

लखनऊ सुपर जायन्ट्स: ऋषभ पन्त (कप्तान), अर्शिन कुलकर्णी, मिचेल मार्स, निकोलस पूरन, आयुष बडोनी, डेभिड मिलर, अब्दुल समद, शार्दुल ठाकुर, राजवर्धन हंगेरगेकर, रवि बिश्नोई, शामर जोसेफ, शाहबाज अहमद।