१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

प्रत्येक प्रदेशमा एक/एक वटा नमूना हिरासत निर्माण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रत्येक प्रदेशमा एक/एक वटा नमूना हिरासत निर्माण गर्न सरकारलाई संसदीय समितिको निर्देशन
अ अ+ अ-

काठमाडौँ । संसदीय समितिले प्रत्येक प्रदेशमा एक÷एक वटा नमूना हिरासत निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले प्रत्येक प्रदेशमा एक÷एक वटा नमूना हिरासत निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकका निर्णय सुनाउँदै समिति सभापति विमला सुवेदीले प्रहरी हिरासत र हिरासतसँग सम्बन्धित मानव अधिकारका विषयमा नीतिगत एवं कानूनी प्रवन्धहरु आवश्यकताअनुसार समयानुकुल सुधार तथा परिमार्जन गर्न निर्देशन दिनुभयो । समितिको तर्फबाट सभापति सुवेदीले प्रहरी हिरासतमा निर्धारित क्षमता भन्दा बढी थुनुवा नराख्ने गरी प्रहरी हिरासतको भौतिक व्यवस्थापनको समय सापेक्षित सबलीकरण गर्न, थुनुवामैत्री बनाउन पारदर्शिता, जवाफदेहिता, नैतिकतासहितको श्रोत, साधनको समुचित व्यवस्थापनमार्फत हिरासतमा अपेक्षित मनोवैज्ञानिक वातावरण निर्माण गर्न संविधानको धारा २० मा रहेको न्यायसम्बन्धी हक र धारा २२ मा रहेको यातनाबिरुद्धको हक समेतको प्रचलनमार्फत हिरासतहरुमा मानव अधिकारको संरक्षण, सबलीकरण र प्रवद्र्धन गर्न एवं अध्ययन र अनुसन्धानका आधारमा प्रत्येक प्रदेशको उपयुक्त स्थानमा कम्तीमा एक/एक वटा नमूना हिरासतको निर्माण नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१, मधेस प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१, लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१ गरी तीन वटा प्रतिवेदनहरु समितिले पास गरेकाले प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था मिलाइदिन सम्माननीय सभामुखज्यु समक्ष अनुरोध गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी हिरासत र हिरासतसँग सम्बन्धित मानव अधिकारका विषयमा नीतिगत एवं कानूनी प्रवन्धहरु आवश्यकताअनुसार समयानुकुल सुधार तथा परिमार्जन गर्न, प्रहरी हिरासतमा निर्धारित क्षमता भन्दा बढी थुनुवा नराख्ने गरी प्रहरी हिरासतको भौतिक व्यवस्थापनको समय सापेक्षित सबलीकरण गर्न, थुनुवामैत्री बनाउन पारदर्शिता, जवाफदेहिता, नैतिकतासहितको श्रोत, साधनको समुचित व्यवस्थापनमार्फत हिरासतमा अपेक्षित मनोवैज्ञानिक वातावरण निर्माण गर्न संविधानको धारा २० मा रहेको न्यायसम्बन्धी हक र धारा २२ मा रहेको यातनाबिरुद्धको हक समेतको प्रचलनमार्फत हिरासतहरुमा मानव अधिकारको संरक्षण, सबलीकरण र प्रवद्र्धन गर्न एवं अध्ययन र अनुसन्धानका आधारमा प्रत्येक प्रदेशको उपयुक्त स्थानमा कम्तीमा एक÷एक वटा नमूना हिरासतको निर्माण नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१, मधेस प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१, लुम्बिनी प्रदेशको नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१ गरी तीन वटा प्रतिवेदनहरु समितिले पास गरेकाले प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था मिलाइदिन सम्माननीय सभामुखज्यु समक्ष अनुरोध गर्ने । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन समितिको प्रतिवेदन २०८१, मधेस प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी, धुनषा, सिरहा र सप्तरी जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन, २०८१ र लुम्बिनी प्रदेशको नवलपरासी र बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, दाङ र बाँके जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१ मा उल्लेखित सुझावहरुको समय सारणीसहितको कार्ययोजनामार्फत नतिजामुलक कार्ययोजना गरी सो को आवधिक प्रगति प्रतिवेदन यस समितिमा पेश गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र कानून न्याय तथा संघीय मामिला मन्त्रालयलाई निर्देशन दिने ।’

समितिको बैठकले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन समितिको प्रतिवेदन २०८१, मधेस प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी, धुनषा, सिरहा र सप्तरी जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन, २०८१ र लुम्बिनी प्रदेशको नवलपरासी र बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, दाङ र बाँके जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन २०८१ मा उल्लेखित सुझावहरुको समय सारणीसहितको कार्ययोजनामार्फत नतिजामुलक कार्ययोजना गरी सो को आवधिक प्रगति प्रतिवेदन यस समितिमा पेश गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र कानून न्याय तथा संघीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।