२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट निर्माणमा योजना आयोगको अधिकार कटौति गरिएको विषय सही होइनः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व (पहिलो संशोधन) विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणीमा कुनै सत्यता नभएको बताउनुभएको छ ।

सभाको आईतवारको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौति नगरिएको समेत स्पष्ट पार्नुभयो । बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गरेपनि सबै मन्त्रालयहरुका आआफ्नै परिभाषित जिम्मेवारी रहेको बताउनु भयो । उहाँले बजेटको सिलिङअनुसार कसरि बजेट विनियोजन गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले नभई सम्बन्धीत मन्त्रालय आफैंले गृहकार्य गर्ने जिकिर गर्नुभयो । बजेटलाई योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धीत मन्त्रालयका बीचमा पारस्परिक समन्वयका अन्तिम रुप दिनेगरी विधेयक ल्याइएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौति गरिएको विषय सही होइन । बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गर्ने कुरा कुनै अलमलको विषय होइन । हरेक मन्त्रालयका आआफ्ना परिभाषित जिम्मेवारी छन् । ति जिम्मेवारीभित्र रहेर सबैले काम गर्छन । बजेट अर्थ मन्त्रालयले मात्रै निर्माण गर्छ भन्ने होइन । बजेटको सिलिङअनुसार कसरि बजेट विनियोजन गर्ने भन्ने विषयमा सम्बन्धीत मन्त्रालय आफैंले गृहकार्य गर्छन् । र त्यसलाई योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धीत मन्त्रालयका बीचमा पारस्परिक समन्वयका बीच हामी अन्तिम रुप दिन्छौं । यो बजेट निर्माणको विधि हो । यसमा अर्थ मन्त्रालय हाबी हँुदैन ।’

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालय आफ्ना सीमाभित्र रहेर काम गर्ने उहाँको भनाइ छ ।