३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए

पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए
अ+ अ-

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक  नेपाल आएका छन । विदेशी पर्यटक कोरोना सङ्क्रमण शुरु हुनुअघि नेपाल आएका हुन् । कोरोना सङ्क्रमण शुरु भएपछि गत चैतदेखि गड्डाचौकी नाका भएर विदेशी पर्यटक आएका छैनन् । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२० को जनवरीदेखि मार्चसम्म ६१८ विदेशी पर्यटक नेपाल आएका छन । यस अवधिमा ५१७ जना गड्डाचौकी नाका भएर फर्किएका छन । तीन महिनामा सबैभन्दा बढी पर्यटक फेब्रुअरीमा आएको कार्यालयको तथ्याङ्कमा छ । फेब्रुअरीमा २४९ विदेशी पर्यटक आएका छन् । यसैगरी जनवरीमा २२४ र मार्चमा १४५ जना आएका छन ।

यस्तै गड्डाचौकी नाकाबाट जनवरीमा सबैभन्दा बढी विदेशी पर्यटक फर्किएका छन । जनवरीमा २०२ पर्यटक फर्किएका छन । यसैगरी फेब्रुअरीमा १९० र मार्चमा १२५ जना आएका छन । गड्डाचौकी नाका भएर सन २०१९ को तुलनामा यो अवधिमा तेब्बर बढी पर्यटक आएका थिए । त्यही हाराहारीमा नाका भएर फर्किएका थिए । सन २०१९ को जनवरीदेखि अगस्टसम्म एक हजार ८६३ विदेशी पर्यटक नेपाल आएकोमा एक हजार ५८० जना गड्डाचौकी नाका भएर फर्किएका थिए ।

अध्यागमन कार्यालयका सूचना अधिकारी शैलेन्द्र बडूले कोरोना सङ्क्रमण फैलिएपछि विदेशी पर्यटक आउन बन्द भएको बताए । “कोरोना सङ्क्रमण फैलिनु अघिसम्म पर्यटक आइरहेका थिए । सङ्क्रमण फैलिएर नाका बन्द भएपछि पर्यटक आउन पूर्णरूपमा बन्द भयो”, उनले भने । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि गड्डाचौकी नाका बन्द गरिएको थियो । भीमदत्त नगरपालिकाले त्यसको एक दिनअघि नै नाका बन्द गराएको थियो । कोरोना सङ्क्रमण सकिएर नाका नखुल्दासम्म गड्डाचौकी नाका भएर पर्यटक आउने कुनै सम्भावना नरहेको सूचना अधिकारी बडूले बताए ।

पर्यटक आउन छाडेपछि यस वर्ष अध्यागनले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सक्ने अवस्था छैन । सन २०१९ मा गड्डाचौकी नाका भएर दुई हजार ३३४ विदेशी पर्यटक नेपाल आएका थिए । दुई हजार २९२ पर्यटक नाका भएर फर्किएका थिए ।