१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

14.03°C

काठमाडौं

14.03°C

Kathmandu

Feels-like: 12.51

Wind: 0.74

Humidity: 39

Latest
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह एक करोड बराबरको अवैध सामान बरामद खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्वारा शपथग्रहण हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा हुने सबै आन्दोलनमा राप्रपाको समर्थन रहने नरैनापुरमा १७ घरगोठ जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैदलयात्रीसँग पैसा उठाइएकोबारे के भन्यो चन्द्रागिरि हिल्सले ?



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले यस चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन गर्न वैकल्पिक मार्ग हुँदै जाने पर्यटक तथा दर्शनार्थीहरुसँग रकम लिइएको सम्बन्धमा प्राप्त प्रतिक्रिया प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक कम्पनी (पब्लिक लिमिटेडः करिव ७० हजार शेयरधनीको स्वामित्व) को रूपमा सञ्चालनमा रहेको चन्द्रागिरि हिल्सले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाउँदै सो सम्बन्धमा यस लिमिटेडले सो क्षेत्रसँग जोडिएका स्थानीय सरकार र अन्य निकायसँगको छलफल तथा समन्वय एवं लिखित र मौखिक निर्णयका आधारमा सो क्षेत्र वरिपरीको फोहोर मैला व्यवस्थापन तथा सरसफाई, शौचालयको व्यवस्थापन, निःशुल्क पिउने पानीको व्यवस्था, निःशुल्क वाईफाइ, बिजुली बत्ती, पार्किङ सुविधा र दर्शनार्थीहरुको व्यक्तिगत सुरक्षा तथा वनजन्य सुरक्षाका लागि २ जना सुरक्षा गार्ड परिचालन गरी आवश्यक व्यवस्थापन गर्दै आईरहेको जनाएको छ ।

साथै, सुख्खा याममा सम्भावित डढेलोको जोखिम न्यूनीकरण गर्न स्थानीय सामुदायिक वनहरुसँगको समन्वयमा ४ जना वन हेरालु राख्नको निमित्त आर्थिक सहायता समेत प्रदान गर्दै आईरहेको चन्द्रागिरि हिल्सले बताएको छ ।

हिल्सका अनुसार यसै सन्दर्भमा चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट रु. एक सय रुपैयाँ मात्र सेवा शुल्क लिई सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको थियो ।

सोको जानकारी चेकपोष्ट स्थित सूचना बोर्डमा समेत स्पष्ट बुझिने गरी उल्लेख गरिएको जनाउँदै चन्द्रागिरि हिल्स उक्त व्यवस्थाबाट वैकल्पिक मार्ग हुँदै जाने पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको स्पष्ट समेत गरेको छ ।