१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

14.94°C

काठमाडौं

14.94°C

Kathmandu

Feels-like: 13.33

Wind: 1.54

Humidity: 32

Latest
कांग्रेसलाई बलियो बनाउनुपर्छ : नेता गच्छदार गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ-राजेन्द्र पाण्डे वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ जनाको सनाखत बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा मुख्यमन्त्री सिंहद्वारा होटल अनुगमन बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ- भानुभक्त जोशी दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ ।

शुक्रवारको सभाको बैठकको शुन्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमूना भएको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका हुन् । सो घट्नामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरुको माग गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘सिरहामा महायज्ञ लगाउने नाउँमा दलितलाई देखिन्छ रे भनेर जनता आवासअन्तर्गत बनेको घर गाउँपालिका अध्यक्षको नेतृत्वमा पालिकाकै डोजरले दलितको भत्काएर उठिवास लगाइएको छ । अध्यक्ष लगायत सबैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गरोस् ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले उक्त घट्नाको छानविन गरी दोषिलाई कारबाी गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘सिराहामा विष्णु महायज्ञको नाममा गाउँपालिका अध्यक्षद्धारा दलितको घर भत्काइएको छ । यो घट्नाको सरकारले तुरुन्त छानविन गरोस् ।’

राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घट्ना निन्दनीय भएको भन्दै छानविन गरी दोषिलाई कानूनको दायरामा ल्याउन माग गर्नुभयो । समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि सबैले एकजुट हुन जरुरी रहेको उहाँले बताउनु भयो ।

बैठकमा बोल्ने प्रायः सबै सांसदहरुले उक्त घटनाबारे सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको उनीहरुले उल्लेख गरे ।