५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसनले नभई यी खेलाडीले गर्नेछन् राजस्थानको सुरुवाती तीन खेलको कप्तानी



अ+ अ-

काठमाडौँ । राजस्थान रोयल्सले आईपीएल २०२५ अघि आफ्नो टोलीमा ठूलो परिवर्तन गरेको छ । रियान परागलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ । व्यवस्थापनले रियानलाई कप्तान बनाएको छ ।

यसअघि टोलीको कप्तानी सञ्जु सामसनले गर्दै आएका थिए । तर, महत्वपूर्ण कुरा के छ भने पहिलो तीन खेलमा मात्रै रियानले कप्तानी पाएका छन् । सामसन आफैंले यो घोषणा गरे ।

आईपीएल २०२५ मार्च २२ बाट सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुनेछ ।

राजस्थानको पहिलो खेल सनराइजर्स हैदरावादसँग हुनेछ । यो खेल २३ मार्चमा राजीव गान्धी स्टेडियममा हुनेछ ।

रियानले यो खेलबाट आफ्नो नयाँ इनिङ्स सुरु गर्नेछन् । उनले टोलीको कप्तानी गर्नेछन् । सामसन पनि प्लेइङ इलेवनमा रहनेछन् । तर उनले विकेटकिपर ब्याट्सम्यानको रुपमा मात्रै खेल्नेछन् ।