१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

19.28°C

काठमाडौं

19.28°C

Kathmandu

Feels-like: 18.18

Wind: 3.09

Humidity: 35

Latest
थुनुवालाई मापदण्ड बमोजिम हिरासतमा राखेका छौँः प्रहरी महानिरीक्षक थापा इशान किशनको शतकमा राजस्थान रोयल्सलाई २८७ रनको लक्ष्य अमेरिकाबाट निष्कासित दक्षिण अफ्रिकी राजदूतले भनेः कुनै पछुतो छैन थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन हुन दिँदैनौँः गृहमन्त्री क्षयरोगका ४० प्रतिशत बिरामीहरु लुकेर बसेको हुनसक्ने अनुमान, क्षयरोग संक्रमित महिलाको तुलनामा पुरुष धेरै प्रत्येक प्रदेशमा एक/एक वटा नमूना हिरासत निर्माण गर्न सरकारलाई संसदीय समितिको निर्देशन देउवालाई ज्ञानेन्द्रको प्रश्न- राजाको बारेमा कांग्रेसमा चुनाव गराउने हिम्मत छ ? विवाहको उमेर घटाउने कि ‘रोमियो जुलियट ल’ इन्ट्रड्युक्स गराउने भन्ने छलफलमा छौँः गृहमन्त्री हिउँले ढाकिएको पाथीभरा– तस्बिरहरु कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै सांसद खतिवडाको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले पूर्वराजाले नेपाली झण्डाको अपमान गरेर संविधान मिच्ने काम गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले संविधान विरोधी कदमहरु रोक्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले २०६५ सालमै शाही निशान छाप हटाएर नेपालको झण्डा राखिएको र संविधानमा समेत श्री ५ महाराजधिराज भन्ने शब्द नरहेको भन्दै यस्तो गर्न नदिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते सार्वजनिक गरेको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निशान छाप प्रयोग गरेको देखियो । यो शाही निशाना झण्डा २०६५ साल जेष्ठ १७ गते हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो र नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन । त्यसकारण यस्तो सन्देशमा श्री पाँच महाराजधिराज भनेर राख्ने र शाही निशाना झण्डा राख्नेप्रति घोर आपत्ति छ र त्यस्ता काम गरेर संविधान नमिच्नको लागि आग्रह गर्दछु । ’

उहाँले कानून सबैको लागि बराबर भएको कानून कार्यान्वयनमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।