१५ श्रावण २०८३, शुक्रबार
,
Latest
साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ औं संस्करणको आईपीएलमा नयाँ के छ ? खेलाडी हुनेछन् मालामाल



अ+ अ-

काठमाडौँ । १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) पर्सि शनिबारबाट सुरु हुँदैछ । यो सिजनको आईपीएल धेरै तरिकामा फरक हुनेछ ।

यस सिजनदेखि खेलाडीले प्रत्येक खेलको शुल्क लिलामीमा प्राप्त हुने रकमभन्दा फरक हुनेछ । यसै सन्दर्भमा यो आईपीएलमा के के नयाँ कुराहरु छन् भन्नेबारे यहाँ चर्चा गरौँ ।

खेलाडीले खेल शुल्क पाउनेछन्
आईपीएलको इतिहासमा पहिलो पटक खेलाडीले पारिश्रमिकसँगै म्याच शुल्क पनि पाउने भएका छन् ।

आईपीएलको १७ वर्षको इतिहासमा पहिलो पटक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले क्रिकेट खेलाडीलाई म्याच शुल्क तिर्ने भएको छ । भारतसँगै विदेशी खेलाडीलाई पनि खेल खेलबापत शुल्क दिइनेछ ।

उदाहरणका लागि, मुम्बई इन्डियन्सले रोबिन मिन्जलाई ६५ लाखमा किनेको छ । उनले एउटा खेल खेलेबापत ७.५० लाख रुपैयाँ पाउनेछन्, १४ खेल खेलेमा खेल शुल्कबाट १.०५ करोड रुपैयाँ कमाइ हुनेछ । अर्थात् उनलाई एक सिजनका लागि १.७० करोड रुपैयाँ दिइनेछ ।

कति कप्तान बदलिए ?
नयाँ कप्तानसहित ५ टोली मैदानमा उत्रनेछन् । १० मध्ये ९ भारतीय कप्तान छन् । २०१९पछि यो पहिलो पटक हो, जब एक मात्र टोलीका कप्तान विदेशी छन् । हैदरावादको कप्तान अष्ट्रेलियाका प्याट कमिन्स छन् । बाँकी ९ टोलीले भारतीय कप्तान राखेका छन् ।

१० टोलीका कप्तानको औसत उमेर ३० वर्ष छ । गुजरात टाइटन्सका कप्तान शुभमन गिल (२५ वर्ष)
सबैभन्दा कान्छो छन् भने कोलकाता नाइट राइडर्सका अजिंक्य रहाणे (३६ वर्ष) जेठा कप्तान छन् ।

नयाँ खेलाडी कति छन् ?
मेगा अक्सनमा १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्चेर १८२ खेलाडी किनेका छन् । भारतका १२० खेलाडी बिक्रि भएका थिए भने विदेशका ६२ खेलाडी १० टोलीले थपेका थिए । पञ्जाबले सबैभन्दा बढी २१ नयाँ खेलाडी किनेको छ भने कोलकाताले ८ नयाँ खेलाडी किनेको छ ।

दिल्लीको स्टाफ परिवर्तन, द्रविड राजस्थानमा, पोन्टिङ पञ्जाबमा
गत सिजनपछि फ्रेन्चाइजको सपोर्ट स्टाफमा धेरै परिवर्तन भएको छ । राजस्थान रोयल्सले राहुल द्रविडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ भने विक्रम राठौर ब्याटिङ प्रशिक्षक बनेका छन् । दुवै गत वर्ष टी–२० विश्वकप जितेको भारतीय टोलीसँग थिए ।

दिल्लीले केभिन पिटरसनलाई मेन्टर, वेणुगोपाल रावलाई क्रिकेट निर्देशक र मुनाफ पटेललाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । यसबाहेक केकेआरले ड्वेन ब्राभोलाई मेन्टर नियुक्त गरेको छ । जहीर खान लखनउको मेन्टर बनेका छन् भने रिकी पोन्टिङ पञ्जाबको मुख्य प्रशिक्षक भएका छन् ।

टोरेन्ट समूहले गुजरात टाइटन्स समूहको ६७ प्रतिशत सेयर किनेको छ । दुबैको लागि सम्झौता लगभग ५ हजार करोड रुपैयाँमा भएको थियो, जबकि टोलीको कुल मूल्य ७ हजार ४५३ करोड रुपैयाँ अनुमान गरिएको छ । सिभीसी समूहले टोलीमा ३३ प्रतिशत हिस्सेदारी राख्नेछ ।