११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत



अ+ अ-

काठमाडाैँ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न क्षेत्रमा जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) शुक्रवार दोस्रो दिन पनि कायमै राखेको छ ।

शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन, सम्भावित अप्रिय घटना नियन्त्रण गर्न तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले प्रशासनले बिहीवार अपराह्न ३ः३० बजेदेखि निषेधाज्ञा लागू गरेको थियो । उक्त आदेशलाई शुक्रवार पनि निरन्तरता दिइएकाले सम्बन्धित क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा ठप्प रहेको छ । प्रशासनद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, समूहमा भेला हुन, जुलुस निकाल्न, प्रदर्शन वा सभा–सम्मेलन गर्न पूर्ण प्रतिवन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा धनुषाको लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोक हुँदै लक्ष्मीपुर बगेवासम्म, बेलौनी रोडस्थित एमक्यू स्टिल क्षेत्रदेखि हुलाकी सडक तथा राष्ट्रिय प्राथमिक विद्यालय आसपासका क्षेत्रहरू रहेका छन् ।

त्यसैगरी, नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा सिनुरजोडा, सोहनी, मनिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुरधाम, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्रमा समेत कफ्र्यु आदेश प्रभावकारी रहेको प्रशासनले जनाएको छ ।